२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मुलुकले कूटनीतिक अभ्यास गरिरहेको छः मन्त्री ज्ञवाली

काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्र भागमा राखेर कूटनीतिक अभ्यास गरिरहेको दावी गरेका छन्। मन्त्री ज्ञवालीले मुलुकको तीव्र आर्थिक विकास हुनेगरी कूटनीतिक पहलकदमी लिन राजदुतहरुलाई पनि आग्रह पनि गरे।

मंगलबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले सन्तुलित ढंगले परराष्ट्र नीतिलाई अघि बढाएको पनि बताए। मन्त्री ज्ञवालीले नेपालको कूटनीतिलाई सन्तुलित ढंगले अघि बढाउन पूर्व राजदुतहरुको अनुभवलाई सरकारले ग्रहण गरिरहेको पनि स्मरण गराए।

मन्त्री ज्ञवालीले राष्ट्रहितमा केन्द्रित हुने गरी सरकारले अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाएको पनि बताए। कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालको कूटनीतिक अभ्यासमा पूर्व राजदुतहरुको अनुभव’ नामक पुस्तक पनि विमोचन गरेका थिए।

प्रकाशित: २४ असार २०७६ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App