६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

साउनदेखि सामाजिक सुरक्षा कोष संकलनको काम थालिने

काठमाडौं – सरकारले आगामी साउनदेखि सामाजिक सुरक्षा कोष संकलनको काम सुरु गर्ने भएको छ। सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अहिले सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने काम भइरहेको र आगामी साउनबाट सो कोष संकलनको काम पनि सुरु गर्ने जानकारी दिए।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा कोषमा सूचीकृतहरूको संख्या भने उत्साहजनक नभएको बताए। हालसम्म व्यक्तिगतरूपमा तीन हजार चार सय र संस्थागत रूपमा १५ हजार रोजगारदाताहरूले मात्रै सो कोषमा आफ्नो नाम दर्ता गराएका छन्।

कार्यकारी निर्देशक अधिकारीले बुझाउने कुरामा कमी भएका कारण पनि सो कोषमा नाम सूचीकृत गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको बताए। श्रमिकहरूलाई समेत सेवा अवकाशपछि पेन्सन दिने योजनासहित सरकारले घोषणा गरेको सो कार्यक्रम उपयोगी रहेको अधिवक्ता गान्धी पण्डितले बताए। उनले सो कोषले सेवा अवकाशपछि दिने उपचार खर्चलगायतको सुविधा  गरिब समुदायको हितमा रहेको पनि स्पष्ट पारे।

प्रकाशित: २० असार २०७६ १२:०१ शुक्रबार

सामाजिक_सुरक्षा_कोष सूचीकृत श्यामराज_अधिकारी