११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बजेटको विवाद सुल्झेन, छैठौं पटक पनि संसद स्थगित

धनगढी - सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले असार १ गते अगामी आर्थिक बर्ष २०७६/०७७ का लागी प्रस्तुत गरेको बजेटको विवाद अझैसम्म सुल्झन सकेको छैन।

सरकारले बजेटको बिरोधमा रहेका प्रतिपक्ष दलहरुसँग लगातार वार्ता गरेर विवादको समाधान खोज्ने प्रयत्न गरेपनि सफल हुन नसक्दा प्रदेश सभा बैठकमा बजेट माथीको छलफल शुरु नै हुन सकेको छैन। मंगलवार वस्ने भनेको प्रदेश सभा बैठक पनि स्थगित गरिएको छ। विपक्षी दलहरुको बजेट माथीको बिरोधका कारण बजेटमाथी छलफल हुन नसकि प्रदेश सभा बैठक स्थगित भएको यो छैठौं पटक हो। मंगलवार दिउँसो ३ बजे आह्वान गरिएको बैठक प्रदेश सचिवालयले सुचना टाँस गरेर स्थगित गरेको जानकारी गराएको हो।

बजेटका बिषयमा सरकार र प्रतिपक्षी दलबीच छलफलमा सहमति हुन नसकेकाले सरकार पक्षको आग्रह बमोजिम बैठक स्थगित गरिएको सभामुख अर्जुन थापाले बताए।

प्रदेश सभाको अर्को बैठक बुधवार साँझ ४ बजे आह्वान गरिएको छ।  सरकारले ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचारलाई बढावा दिने खालको भएको भन्दै नेपाली कांग्रेस र राजपाका सासंदहरुले बजेटको विरोध गर्दै आएका छन्। बजेट छलफलका लागी वोलाइएको असार ५ गतेको बैठक प्रतिपक्षका सासंदहरुले उभिएर विरोध गरेपछि स्थगित भएको थियो। बैठक लगत्तै  प्रदेश शभा भवनको मुल गेट नजिक रातो किताव जलाएका थिए। त्यसपछि असार ८  र ११ गतेको बैठक शुरु अघि नै प्रदेश सभा सचिवालयद्वारा सूचना टाँस गरि स्थगित गरिएको थियो। असार १२ गते भएको बैठक प्रतिपक्ष दल नेपाली काग्रेस  र राजपाका सासंदहरुले नारावाजी गरेपछि स्थगित गरिएको थियो। गत आईतवार असार १५ गते प्रतिपक्ष दलका सासंदहरु उपस्थित नहुदाँ बजेट माथी छलफल नहुँदै सभामुखले बैठक समाप्त भएको घोषणा गरेका थिए।

नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकार सँग बजेटका वारेमा वार्ता भइरहेको र समाधान निस्कनेमा आशावादी भएको बताएका छन्।

सत्तापक्षकै सासंदहरुले बजेट प्रति असन्तुष्टी व्यक्त गरेका छन्। सत्तापक्षका सासंदहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बजेटमा सुधार गर्न माग गरेका छन्। उनीहरुले हस्ताक्षर संकलन गरेर समेत मुख्यमन्त्रीलाई बुझाएका छन्।

प्रकाशित: १७ असार २०७६ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App