९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

माफियाले देश हडप्न खोजे : सभामुख महरा

फाइल तस्बिर

काठमाडौं – सभामुख कृष्णबहादुर महराले माफियाहरूले देशै हडप्न खोजिरहेको बताएका छन्। शनिबार भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा राष्ट्रिय वृक्षारोपण तथा सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले यसलाई ‘राजनीतिक प्रदूषण’को संज्ञा दिएका छन्। सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, वन, पोखरीलगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको बताए। राष्ट्रिय वृक्षारोपण कार्यक्रमअन्तर्गत सो स्थानमा दुई सय बढी एभोगाडोका बिरुवा रोपिएका थिए।  
 

प्रकाशित: १४ असार २०७६ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App