२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

लोकसेवाको निवेदनमाथि सुनुवाइ आइतबार

काठमाडौं – सर्वत्र चासोको विषय बनेको लोकसेवा आयोगको विज्ञापनसम्बन्धी रिट निवेदनमाथिको निर्णयका लागि आइतबारका लागि सरेको छ । बुधबार कुनै पनि निर्णय नभएपछि सबै पक्षलाई उपस्थिति बनाउने गरी आइतबारका लागि पेसी तोकिएको हो ।

न्यायाधीशहरू हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले संसद्को राज्य व्यवस्था समितिलाई उपस्थित हुने आदेश दिइएको हो ।
आयोगको विज्ञापनको पक्ष र विपक्षमा परेका रिट निवेदनहरु एकैसाथ राखेर सुनुवाइ गरिएको छ । मुद्दाका पक्ष–विपक्षलाई बुधबारका पेसीका लागि जानकारी नदिइएका कारण निर्णय हुन नसकेको सर्वोच्चले जनाएको छ ।

यसअघि सर्वोच्चले लोकसेवा आयोगका पक्ष र विपक्षमा परेका सबै रिट निवेदन एकैसाथ राखेर हेर्ने आदेश गरेको थियो । पक्ष र विपक्षमा गरी ४ वटा छुट्टाछुट्टै निवेदन दर्ता भएका छन् । स्थानीय तहमा चाहिने ९ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगले विज्ञापन खोलेपछि पक्ष र विपक्षमा रिट निवेदन परेका हुन् ।

प्रकाशित: १२ असार २०७६ ०३:३४ बिहीबार

लोकसेवा_आयोग निवेदन सुनुवाइ