१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वर्तमान सरकार सर्वसत्तावाद उन्मुखः थापा

फाइल तस्बिर

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन्। केपि शर्मा ओली नेतृत्वको सरकारलाई जनताले दिएको दुईतिहाइ मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको टिप्पणी गरे। 

कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार दिशाहीन बन्न पुगेको र प्रमुख प्रतिपक्ष कांग्रेसले पटकपटक बेइमानी गरेको उल्लेख गर्दै जनताले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा लिएको उनले दाबी पनि गरे। अध्यक्ष थापाले कांग्रेस–कम्युनिष्ट नेतृत्वको सरकारले पटक–पटक धोका दिएपछि आमजनताले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा गरेको दावी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मुलुकको भरपर्दो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने दृढता व्यक्त गरे। 
 

प्रकाशित: ४ असार २०७६ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App