१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कालिगण्डकी डाईभर्सन गर्दा देवघाटको अवस्था के हुन्छ ?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले कालिगण्डकी डाईभर्सनबारे प्रष्ट पार्न माग गरेका छन्। सोमबार संसदको शून्य समयमा बोल्दै अधिकारीले  कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ? भन्दै प्रश्न गरे।

उनले चापाकोट, रामपुर कुडीटार लगायतका टारहरु र फाँटहरुको सिंचाईमा के अवस्था बारे समेत प्रश्न गरे। ९५ प्रतिशत सम्म भाग ओगटेको गण्डकी प्रदेशले कालिगण्डकी डाईभर्सन गर्दा त्यसको सहमति लिनुपर्ने हो कि होइन ?

'यसबाट लाभान्वित हुने प्रदेशसंग पनि यसको सहमति लिनु पर्ने हो कि होइन ? यस्तो गम्भीर विषयमा अध्ययन गर्ने भनेर सरकारले नीति कार्यक्रम राखेको छ। सम्बन्धीत प्रदेशलाई समेत ध्यान दिएर यसको जवाफ तुरुन्तै आउनेछ भन्ने मैले अपेक्षा गरेको छु,' उनले भने।

प्रकाशित: ६ जेष्ठ २०७६ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App