४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका सरकारबाहिर रहेका दलनिकट ११ विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएका छन्। कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाइमा ११ विद्यार्थी संगठनले मंगलबार सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

विद्यालयदेखि विश्वविद्यालय तहसम्म भएका शुल्क वृद्धि रोक्नुपर्ने तथा देशका विभिन्न भागमा जारी रहेको हत्याहिंसा नियन्त्रण गर्न सरकारसँग विद्यार्थी संगठनले माग गरेका छन्। कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गरी सजाय गर्नुपर्ने तथा संविधान संशोधन गरेर सबैको अपनत्व गर्ने बनाउनुपर्ने उनीहरूको माग छ। उनीहरूले सरकार मुल्य वृद्धि नियन्त्रण गर्न असफल बनेको आरोप लगाएका छन्। बालुवाटारसहितका सरकारी जग्गा कब्जा गर्नेलाई कारबाहीको दायारामा ल्याउन पनि उनीहरूले माग गरेका छन्। यसअघि उनीहरूले आ–आफ्ना माउ पार्टीका शीर्ष नेतालाई एउटै मञ्चमा भेला गराएका थिए।

प्रकाशित: १८ वैशाख २०७६ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App