६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘बालुवाटार जग्गाको गम्भीरतापूर्वक छानविन होस्, दोषी ठहरिए दण्ड भोग्न तयार छु’

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन्। सोमवारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले ललितानिवास जग्गा कब्जा प्रकरणमा आफ्नो नाम पनि मुछिएको स्मरण गर्दै गम्भीरतापूर्वक छानविन हुनुपर्ने माग राखेका हुन्। नियतवश संलग्नता रहेकालाई दण्ड दिनुपर्ने भन्दै दोषी ठहरिए आफू दण्ड भोग्न तयार रहेको उनको भनाई छ।

‘ललितानिवास प्रकरणमा थुप्रै प्रधानमन्त्रीको नाम जोडिएको छ। सन्त नेताको परिचय बनाएका किष्ण प्रसाद भट्टराई, नेकपाका नेता माधव नेपाल र मेरो पालामा भएको निर्णय गलत रहेको भन्ने कुरा आएको छ। व्यक्तिको नियत सहि भएर हुँदो रहेनछ। गम्भीरतापूर्वक छानविन गरियोस। नियतवंश संलग्नता रहेको छ भने दण्ड दिनुपर्छ। म दण्ड भोग्न तयार छु’, उनले भने। 

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रतिबद्धता राम्रो भएपनि भनेर मात्र नहुने उनको भनाई छ। ‘संरचना, ऐनकानुन, संस्कार, सामाजिक परिवेश नबदलेसम्म हुँदैन। सार्वजनिक सम्पति कब्जा, वाइडबडी, तारागाउँ, बालुवाटारको जग्गाको विषय हल गरेनौं भने भ्रष्टाचार नियन्त्रण हुन्न। सुशासन कायम हुन्न’, उनले भने। 

प्रकाशित: १६ वैशाख २०७६ ११:०९ सोमबार

संघीय_संसद डा._बाबुराम_भट्टराई बालुवाटार_जग्गा_प्रकरण