काठमाडौं - संवैधानिक परिषदबाट निर्वाचन आयोगको प्रमुखमा सिफारिस भएका दिनेशकुमार थपलिया र समावेशी आयोगको अध्यक्षमा सिफारिस भएकी विष्णुमाया ओझामाथि आज सुनवाइ हुँदैछ।
संसदीय सुनुवाइ विशेष समितिले दिउँसाे २ बजे वोलाएको बैठकमा उनीहरुमाथि सुनवाई हुने समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिमा प्रस्तावित निर्वाचन आयोगका प्रमुख थपलियाविरुद्ध पाँच वटा उजुरी परेका छ भने ओझविरुद्ध एउटा पनि उजुरी परेको छैन। उजुरी दिने उजुरीकर्तासँग आजै छलफलपछि सुनवाई हुनेछ।
प्रकाशित: ४ वैशाख २०७६ ०४:२१ बुधबार