१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री काममा भन्दा अफू शक्तिशाली बन्न लागे : महामन्त्री कोइराला

वनेपा– नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सरकारले सार्वजनिक यातायात व्यवस्थित गर्न नसकेका बेला पानी जहाजको सपना देखाएको आरोप लगाएका छन्। 

नेपाली कांग्रेस वनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षमा गरेको कार्यक्रममा महामन्त्री कोइरालाले अहिले सरकार जनताका अत्यावश्यक काम गर्ने भन्दा पनि ठुल्ठूला सपना बाँड्न मस्त भएको बताए।

‘नेपाली नागरिक अहिले सर्वजानिक यातायातमा सुधार खोजीरहेका छन्। तर प्रधानमन्त्री रेल र पानी जहाजको सपना बाँडिरहनुभएको छ’, उनले भने, ‘सरकारले काम भन्दा बढी गफ गर्न लागेको छ। यो राम्रो होइन।’ 

डा. कोइरालाले प्रधानमन्त्री जनताका आवश्यकता पूरा गर्ने भन्दा आफू शक्तिशाली बन्ने बाटोको खोजीमा मात्र लागेको आरोप लगाए। ‘आम नेपाली सहज दैनिक जीवनयापनको बाटो खोजीरहेका छन्’, उनले भने, ‘तर प्रधानमन्त्री केपी ओली न्यायलय आफ्नो पक्षमा पार्ने, नेपाली सेनाको शक्ति आफ्नो हातमा लिने, प्रहरी, प्रशासनमा आफ्नो हातमाथि पार्ने बाटोको खोजीमा हुनुहुन्छ।’ 

उनले ओली सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेको बताउँदै यो सरकारबाट सुशासन र विधिको शासनको कल्पना गर्न नसकिने बताए।

 

प्रकाशित: १ वैशाख २०७६ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App