काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाहुरीबाट पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। देउवाले सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू एवं प्रदेश नम्बर २, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरू, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरूलाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि सभापति देउवाले निर्देशन दिएका हुन्।
प्रभावित क्षेत्रमा केही समयपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि पार्टीबाट प्रतिनिधित्व गर्दै पुग्ने देउवाले जनाएका छन्। सभापति बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको हावाहुरीका कारण मृत्यु भएका परिवारलाई क्षतिपुर्ती दिन पनि सरकारलाई आग्रह गरेका छन्।
विपद्मा परी घाइते भएकाहरूको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई राहत तथा क्षतिपुर्तीको व्यवस्था गर्न सरकारलाई देउवाले आग्रह गरेका छन्।
प्रकाशित: १८ चैत्र २०७५ ०६:४८ सोमबार