१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘कांग्रेसमा अब गुट रहँदैन’

गुल्मी - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी आएका काग्रेस सभापति देउवाले नेपाली काग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएकाले कांग्रेस अब एक भएर अगाडि बढ्ने बताए।

उनले अब कांग्रेसमा गुट नरहनेसमेत दाबी गरे। ‘विगतले हामीलाई धेरै पाठ सिकाएको छ सभापति देउवाले भने, ‘हामी काग्रेसका नेता कार्यकर्ता एक नहुँदा निर्वाचनमा धेरै स्थानमा पराजय भोग्न प-यो, अब कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन।’

उनले एकीकृत कांग्रेस वनाउन सकेको भए निर्वाचनमा यस्तो अवस्था नआउने भन्दै कांग्रेस एक भएरमा कसैले हराउन नसक्ने बताए। आफूसँगै पार्टाीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सह–महामन्त्री प्रकाशशरण महतलगायत एक दर्जन केन्द्रीय सदस्यसँगै गुल्मी आएका देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकाले केही काम गर्न नसकेको आरोप लगाए। ‘अहिले सरकार काम गर्नभन्दा पनि गफ गर्नमा व्यस्त छ,’ उनले भने, ‘हिजो काग्रेसको सरकारले गरेका विकास निमार्णका कामहरुको रिवन काटेर उद्घाटन गरेर मात्र यो सरकारले बढी प्रचार गर्ने काम नगर्ने गरेको हो।’ दुईतिहाइको दम्भ देखाएर वामपन्थीको यो सरकाले हत्या, हिंसा, बलात्कार बढाउने र उनीहरूलाई बचाउने काममा बढी लागेको देउवाको आरोप थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा अब एकता आवश्यक भएको बताए। उनले कांग्रेसमा विभाजन हुदाँ प्रतिपक्षले धेरै फाइदा लिएकाले कांग्रेसमा एकताको खाँचो रहेको औंलाए। ‘म जहिले पनि एकताको पक्षमा उभिएको छु,’ पौडेलले भने, ‘हामीमा भएका मतभेद बसेर छलफलको माध्यमवाट समाधान गरी अब कांग्रेस एक ठाउँमा आउनुपर्छ।’

प्रकाशित: १७ चैत्र २०७५ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App