१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्रीले सिहंदरबारको अधिकारसमेत खोसे’

तौलिहवामा सम्बोधन गर्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राण। तस्बिर : नागरिक

कपिलवस्तु – राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सिंहदरबारको अधिकार गाउँलाई भन्ने नारा घन्काउने वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले सिंहदरबारको अधिकारसमेत आफंैले लिएको बताएका छन्। अन्य मन्त्रालयमा रहेका अधिकारसमेत खोसेर प्रधानमन्त्रीको अधिनमा लगेर आफूलाई झन् शक्तिशाली बनाएको बताए। राप्रपा संयुक्तद्वारा कपिलस्तुको तौलिहवामा आयोजित सभामा बोल्दै अध्यक्ष राणाले सेना परिचालन सिधैं प्रधानमन्त्रीले गर्न पाउनेगरी कानुन निर्माण गरिँदैछ, यसले प्रजातान्त्रिक पद्धतिमा ठूलो असर गर्छ।’

जनताले दुईतिहाइ दिएको ओली सरकारले एक वर्ष त्यसै खेर फालेको उनको आरोप छ। ‘ ओलीजीलाई विकास गर्ने ठूलो अवसर थियो तर एक वर्ष सिन्को नभाँची त्यसै खेर गयो,’ उनले भने, ‘सरकारले नाटकीय रूपमा काम गर्नुपर्ने ठाउँमा बेवास्ता ग¥यो।’ ओली सरकार भ्रष्टाचारले गन्हाएको आरोप लगाउँदै गाँउगाँउमा अधिकार नभै भ्रष्टाचार मौलाएको बताए। सरकारले विभिन बाहानमा फजुल खर्च बढाएको, भ्रष्ट्राचारलाई बढावा दिएको उनको भनाइ छ। बिखण्कारी सिके राउतसँग गरेको सम्झौता अरु कसैको इसारामा भएको भन्दै उनले केपीको ओपीको राष्ट्रवाद कहाँ हरायो भन्दै कटाक्ष गरे। ८१ प्रतिशत हिन्दु रहे पनि दोस्रो जनआन्दोलमा ठूला दलहरू विदेशीको इसारामा नेपाललाइ धर्म निरपेक्ष बनाइएको उनले आरोप लगाए। उनले हिन्दु नेपालीको पहिचान र राजा एकताको प्रतिक रहेकोले यसको पुर्नस्थापनका लागि आपूmहरू आन्दोलनमा होमिने घोषणा गरे।

पार्टीका अर्का केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिले देश भ्रष्टाचारले आक्रान्त बनेको बताए। ओली नेतृत्वको सरकारले भ्रष्ट्राचारलाई बढावा दिएको उनको आरोप छ। ‘ओली सरकार आफ्नो मान्छेलाई मात्र पोस्न आएको रहेछ, जनतको समस्या त उस्तै छ,’ उनले भने। पहिलाको श्री ३ सरकार जस्तै अहिले ओली बन्न खोजको र ओली अधिनायकवादतर्फ अग्रसर भएको उनको आरोप छ।

प्रकाशित: ३ चैत्र २०७५ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App