२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

न्याम्सको उपकुलपतिमा साह नियुक्त

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा  सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन्।  उपप्रधान तथा स्वास्थ्य मन्त्री  एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई शुक्रबार  नियुक्त गररेका हुन्। यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको  पनि शुक्रबारै नियुक्तिसमेत गरेका छन्।

 जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधक्ष्य,पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार,सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ। सबैको पदावधि चार बर्षको हुनेछ।  प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई आजै बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।

  सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा बीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशनसमेत दिएका हुन्। “५सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस। त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ  ” प्रधानमन्त्री ओलीले भने“अहिलेको बीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ।”

प्रधानमन्त्री ओलीले वरिष्ठ डाक्टरहरुले अस्पतालमा विरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निर्देशन दिए। “सिनियर भएपछि काम गर्नु नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ। सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले  पाउने लाभ अधिक हुन्छ ” प्रधानमन्त्री ओलीले भने।
  प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई विरामीलाई गर्ने व्यवहार  सुधार गर्न आग्रह गरेका छन्। “डाक्टर नर्सले विरामीप्रति मायालु व्यवहार गर्नुहोस ,तपाईंको व्यवहारले विरामीले राहात महसुष गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने।

प्रकाशित: २ चैत्र २०७५ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App