८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लवलाई प्रतिवन्ध समाधान होइन : कांग्रेस

काठमाडौं-  नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएर सरकारले शासकीय नेतृत्वको अभाव देखाएको नेपाली कांग्रेसले टिप्पणी गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै एउटै राजनीतिक दर्शन भएको ‘वन्धु’लाई विश्वासमा लिन नसक्नु सरकारको कमजोरी भएको बताए।

‘कांग्रेसले पहाड जस्तो माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको इतिहाँस भएको बताउँदै उनले एउटै गोत्र भएको सानो माओवादीलाई सहमतिमा  ल्याउन नसक्नु प्रधानमन्त्रीमा नेतृत्व क्षमताको अभाव हो’ उनले टिप्पणी गरे।

कुनै पनि राजनीतिक शक्तिले हिंशाको बाटो लिन नहुने बताउँदै शर्माले हिंसाले समाधान ननिस्कने बताए।  ‘जनताको सुरक्षाको लागि सरकार कहिले काँही कठोर बन्नु पर्छ त्यसको स्वागत गर्दछौं’, उनले भने, ‘तर प्रतिवन्धनै दिर्घकालिन समाधान होइन।‘

सिके राउतले पृथकतावादी गतिविधि त्याग्नु सकारात्मक भए पनि दोस्रो बुँदाले राष्ट्रिय अखण्डतामा प्रहार गरेको उनको भनाई छ। सहमतिको दोस्रो बुँदाले पृथकतावादी गतिविधिलाई सघाएको उनको आरोप छ। सहमतिबारे सरकार र सिके राउतको साझा व्याख्या आउन जरुरी भएको शर्माले बताए।

तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान संशोधनको विषय ल्याउँदै गर्दा राष्ट्राघाति भन्नेहरुले सिके राउतसँगको सम्झौता राष्ट्र हितमा हो होइन भन्दै उत्तर मागे।  राउतसँग सहमति गर्दा सरकारले नेपालमा संविधान छ है भन्ने पनि भुलेको आरोप लगाए।

प्रकाशित: २९ फाल्गुन २०७५ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App