१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाबारे जाँचबुझ आयोगले आजबाट काम थाल्दै

ताप्लेजुङ -  गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको सिस्नेखोलास्थित तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका बारेमा जाँचबुझका लागि सरकारले गठन गरेको समितिले बुधवार (आज) बाट काम थाल्ने भएको छ।

नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतम नेतृत्वको ४ सदस्यीय टोलीले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बुधवार मध्यान्ह सरोकारवालासंग छलफल गर्दै जाँचबुझ कार्य सुरु गर्ने जनाएको छ।‘जाँचबुझ टोलीको अनुरोधमा सर्वपक्षिय छलफल बोलाईएको छ’ प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने। उनका अनुसार टोलीले जाँचबुझका लागि तयार पारेको कार्ययोजनाका बारेमा भने केहि बताएको छैन। गौतमको टोलीमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बाँस्तोला,नेपाली सेनाका अवकासप्राप्त महासेनानी प्रमोद लामा र संस्कृति पर्यटन ता नागरिक उड्य मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिवकोे जिम्मेवारीमा छन्।

पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटनामा परेकै दिन बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकोप्टर दुर्घटना छानबिनका लागि गौतमको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो। गौतम २०६३ साल असोज ७ गते तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ जना सवार हेलिकप्टर ताप्लेजुङको फलेस्थित ढुङ्गे पहाडमा ठोकिएर भएको दुर्घटना छानबिनका लागि सरकारले गठन गरेको समितिका सदस्य समेत थिए। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App