५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

भरतमोहनको पार्थिव शरीर नेकपा केन्द्रीय कार्यालयमा

तस्बिर : दिनेश लुइँटेल

काठमाडौं– पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई नेकपाको केन्द्रीय कार्यालय राखिएको छ। अधिकारीको शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 

अधिकारीको पार्थिव शरीरमा पार्टी नेता कार्यकर्ता तथा शुभेच्छुकले श्रद्धाञ्जलि दिइरहेका छन्। बालुवाटारमा जारी नेकपाको सचिवालय बैठक सकिएपछि  प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरु आएर राष्ट्रिय झण्डा ओडाउने कार्यक्रम छ।  

अधिकारीको पार्थिव शरीरलाई १२ बजे पशुपति आर्यघाट लगिने छ। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०३:१० आइतबार

भरतमोहन_अधिकारी नेकपा पार्थिव_शरीर