४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति होइन कांग्रेसको सभापति र प्रधानमन्त्री बन्न चाहन्थेंः पूर्वराष्ट्रपति यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले आफ्नो चाहना प्रधानमन्त्री रहेको बताएका छन्। 

राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै उनले आफूले राजनीति गर्दा नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताए।

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार र नेशनल ल कलेजका संस्थापक प्रमुख तथा कार्यकारी निर्देशक डा रामकृष्ण तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको मंगलवार विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले वर्तमान संविधान आधुनिक र काम गर्न सक्ने संविधान भएकाले सोही आधारमा संघीय गणतन्त्रात्मक समावेशी, धर्मनिरपेक्ष लोकतन्त्रलाई निरन्तर कायम गर्न सकिनेमा जोड दिए। 

उनले नेपालको इतिहासका कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको बताउँदै आमसञ्चार, नागरिक समाज र चेतनशील समुदायले पनि अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए। पूर्वराष्ट्रपति यादवले संविधानसभामार्फत हतारमा एकमुष्ट रूपमा संविधान पारित गर्नुपर्ने अवस्था बनेको सम्झँदै कानूनजस्ता कुरालाई पर्याप्त समय दिएर छलफल गरेर अन्तिम रूप दिनु उपयुक्त हुने धारणा व्यक्त गरे। रासस

प्रकाशित: १४ फाल्गुन २०७५ १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App