७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संसदमा फेरि कांग्रेसको अवरोध, सभामुखको अगाडि नाराबाजी

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। आफ्ना नेताको नाम रहेको अस्पताललाई संघ मातहत ल्याउन र डा गोविन्द केसीसँग भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा विधेयक अघि बढाउन माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सम्बोधन गरेपछि विपक्षी सांसद उठेर सभामुख कृष्णबहादुर महराको अगाडि गई नाराबाजी गरिरहेका छन्। ‘संसदीय मर्यादा कायम गर, जनताको सर्वाेच्च मिच्न पाइँदैन’ लगायतका नारा कांग्रेस सांसदले लगाइरहेका छन्। 

प्रकाशित: ११ माघ २०७५ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App