२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

डा. केसीमाथि औंला ठड्याए सडक आन्दोलन : कांग्रेस प्रवक्ता शर्मा

दाङ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत डा. गोविन्द केसीमाथि सरकारले औँला ठड्याए त्यसको परिणाम भयानक हुने चेतावनी दिएका छन्। उनले डा.केसीलाई साधारण र सिंगो ब्यक्ति सम्झेर औँला ठड्याउन खोजे कांग्रेसको भुमिका सदनदेखि सडक सम्मै खरो बन्ने दाबी गरे।

‘डा. केसी एक्लो हुनुहुन्न, उहाँसंग देश छ र देशको मुद्धा छ’, नेपाल प्रेस युनियन दाङले मंगलवार गरेको पत्रकार सम्मेलनमा प्रवक्त शर्माले भने, ‘देशको मुद्धा बोकेको व्यक्तिलाई कमजोर आँकेर प्रधानमन्त्रीले उहाँमाथि औँला ठड्याउने काम गर्नुभयो भने कांग्रेसले सदन मात्रै हैन, सडक पनि तताउँछ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसंग डा. केसीले गरेको सहमति कार्यान्वयनमा किन बाधा? भन्दै उनले प्रश्न गरे, ‘प्रधानमन्त्री ज्यू भन्दा अरु ठूलो बहादुर को छ? जसले प्रधानमन्त्रीले गरेको सहमति कार्यान्वयन गर्न नदिएर फरक विधेयक पेश गर्न दबाब पुर्यायो।’

यसको प्रमुख कारण उनले सरकारले आफ्नो शक्ति चिन्न नसकेको बताए। ‘सरकारले आफ्नो शक्ति चिन्न सक्नु पर्यो, प्रधानमन्त्री ज्यूले आफ्नो भूमिका थाहा पाउनु पर्यो,’उनले भने ‘अरु बहादुरहरुसंगको विवेक अनुसार चल्दा सरकारलाई किमार्थ फाइदा हुन्न।’

निर्मला हत्या प्रकरण र डा. केसीको अनसन प्रकरणमा कांग्रेसले आन्दोलनको नयाँ रणनीति तय गर्ने समेत उनले वताए। १० माघमा बस्ने केन्द्रीय समिति बैठकले यसबारे निक्र्यौल गर्ने समेत उनले वताए। ‘कांग्रेसले शालिनता तोड्दैन’, उनले भने, ‘तर यी दुई मुद्धामा शालिन कांग्रेस आक्रामक बन्ने अवस्था आइसकेको छ, अब शालिनता सहितको आक्रामक व्यवहार प्रस्तुत हुने छ।’ 

सरकारको बिरोधमा अहिलेसम्म खरो रुपमा प्रस्तुत नभएको कांग्रेसले सरकारलाई सहयोग गरिरहेको उनले बताए। उनले प्रतिपक्ष दलले के गर्दा सरकारलाई सघाउ पुग्छ? सरकारलाई लिष्ट जारी गर्न समेत उनले चेतावनी दिए। ‘कांग्रेसले के के गरिदियो भने सरकारलाई सघाउ पुग्छ? र सरकारले जनहितका काम गर्छ’ ,उनले भने, ‘सरकारले लिष्ट जारी गरोस्, कांग्रेसले त्यो पुरा गर्ने छ।’ तर सरकार बिबेकको बाटोमा हिँड्नु पर्ने उनले वताए। 

प्रकाशित: ८ माघ २०७५ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App