१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै, प्रस्तावित राजदूतको सुनुवाइ हुने

फाइल तस्बिर

काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। प्रस्तावित राजदूतको सुनुवाइ गर्न विहान ११ बजे सिंहदरवारमा बैठक बस्ने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। 

उनका अनुसार आज फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ हुनेछ। 

मन्त्रिपरिषदले भर्खरै फ्रान्स र थाइल्याण्डसहित विभिन्न देश तथा नियोगका लागि ५ जनालाई राजदूतमा सिफारिस गरेको थियो। 

प्रस्तावित राजदूतविरुद्ध सुनवाइ समितिले १० दिनको म्याद दिएर पुस १८ गते उजुरी आह्वान गरे पनि कुनै उजुरी नआएको समितिको सचिवालयले जनाएको छ। 

प्रकाशित: ३ माघ २०७५ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App