१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रश्न सोध्न नपाए संसद् बस्न नदिने कांग्रेसको अडान

फाइल फाेटाे

काठमाडाैँ - संघीय संसदको प्रतिनिधिसभा बैठक बुधबार (अाज) बस्दैछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत आइतबार बैठक अवरुद्ध गरेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्न लागेको हाे।

कांग्रेसले गत आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारका काम कारवाहीबारे जानकारी गराएपछि प्रश्न सोध्न पाउनुपर्ने भन्दै बैठक अवरुद्ध गरेको थियो ।

आजको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न पाउनुपर्ने अडान लिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अाजकाे बैठकमा पनि प्रश्न सोध्न नपाए संसद् बस्न नदिने याेजना रहेकाे बताए।

मंगलबार कांग्रेसले संसदीय दलको बैठक मार्फत प्रश्न गर्ने ब्यवस्था गर्न सभामुख कृष्ण बहादुर महरालाई आग्रह गरेको थियो। कांग्रेसले सभामुख महरा संददीय व्यवस्था विपरित ब्यवहार देखाएमा आपत्ति जनाएको छ।

प्रकाशित: २५ पुस २०७५ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App