४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधनको पहल थाल्न संघीय समाजवादी फोरमको आग्रह

काठमाडौ–संघीय समाजवादी फोरमले जारी संसदको अधिवेशनमै संविधान संसोधनको प्रस्ताव ल्याउन माग गरेको छ। सत्तासाझेदार फोरमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शिर्ष  नेताहरुलाई भेटेर यस्तो माग गरेको हो। 

संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरणलगायत राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न र राष्ट्रिय समस्यालाई हल गर्ने गरी संविधान संशोधनका लागि आवश्यक गृहकार्य थाल्न आग्रह गरेको हो।
बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा नेकपा सचिव विष्णु पौड्याल सहभागी थिए। त्यस्तै फोरमका तर्पmबाट पार्टी अध्यक्ष एव उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव वरिष्ठ नेता असोक राईलगायतका नेता सहभागी थिए। 

 बैठकमा फोरमले मधेश÷थरुहट आन्दोलनमा संलग्न भएको अभियोग लागेका नेता कार्यकर्ताको मुद्दाहरु फिर्ता गर्न पनि माग राखेको थियो। त्यस्तै नीतिनिर्माण र त्यसको कार्यान्वयनमा सहयोग पु¥याउने गरी दुबै पार्टीको संयुक्त कार्यदल बनाउन पनि माग राखिएको थियो। 

बैठकमा फोरम नेताहरुले विभिन्न आयोगको गठनमा सरकारले ढिलाई गरिरहेको भन्दै नेकपाको आलोचना गरेका थिए। समावेशीतालाई ध्यानमा राखी आपसी परामर्श र समझदारीका आधारमा नियुक्ति प्रकृया तत्काल सुरु गर्नु पर्ने भनाइ राखेको फोरम महासचिव रामसहायप्रसाद यादबले जानकारी दिए। फोरमले ११ सुत्रीय स्मरणपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको छ।  

 

प्रकाशित: २१ पुस २०७५ ०८:१७ शनिबार

संघीय_समाजवादी_फोरम संविधान_संसोधन बालुवाटार प्रधानमन्त्री_केपी_शर्मा_ओली