८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्मला हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई छोडिदैन : आइजिपी खनाल

काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कमजोरी गर्ने प्रहरीलाई नछोडिने स्पष्ट पारेका छन्। 

सोमवार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरेर आइजिपी खनालले अनुसन्धानमा कमजोरी गर्ने प्रहरीलाई प्रशासनिकदेखि फौजदारी कानुनअन्तर्गत सम्म कारवाही गरिने बताए। 

‘घटनाको अनुसन्धानमा कमी कमजोरी गर्ने प्रहरीलाई छोडिदैन। अनुसन्धानका क्रममा गल्ती कमजोरी भेटिएका छन्। प्रशासनिक कारवाही र फौजदारी कानुन अन्तर्गत भए त्यसअन्तर्गत कारवाही गर्छाैं। कुन तहको कुन किसिमको कारवाहीको सिफारिस भएको त्यही अनुसार कारवाही गर्छाैं’, उनले भने। 

निर्मलाका हत्यारा पत्ता लगाउन आफूहरुले अधिकतम स्रोत साधन परिचालन गरेको भन्दै आइजिपी खनालले परिणाम आउन बाँकी रहेको बताए। ‘सबै स्रोत परिचालन गरेका छौं। अहिलेसम्म आउट पुट छैन। अनुसन्धान ठ्याक्कै शून्यमै छैन्। परिणाम नजिक पुगेका छौं’, खनालले प्रष्ट्याए। 

प्रकाशित: ९ पुस २०७५ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App