१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विधानमा सहमति खोज्दै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठक पार्टीको प्रस्तावित विधान मस्यौदामा सहमति जुटाउन असफल भएको छ। महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले पार्टी केन्द्रीय समितिमा पेस गरेको संशोधित विधान मस्यौदामा नेताहरू गुटगत र व्यक्तिगत लाभहानिक आधारमा प्रस्तुत भएपछि सहमति जुट्न नसकेको हो।

पार्टी केन्द्रीय कार्यालय सानोपामा एकता बढी लामो छलफलमा प्रस्तावित मस्यौदामा समेटिएका विभिन्न बुँदामा सदस्यहरूले फरकमत राखेपछि आइतबार सहमतिका लागि प्रयास गरिने भएको छ। पार्टीको प्रस्तावित विधान मस्यौदामाथिको छलफल सकिएको जानकारी दिँदै सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘भोलि(आइतबार) केही विषयमा अनौपचारिक छलफल गरेर समझदारीको प्रयास हुन्छ।’

विधानमा सहमति जुट्न बाँकी विषयमा सहमतिको प्रयास हुने जानकारी दिँदै नेता रामचन्द्र पौडेलले भने, ‘सहमति नभएका विषयमा महासमितिमा जान्छन्।’

पदाधिकारी संख्या थप, पार्टी सदस्यता, निर्वाचन प्रणालीसहित एक दर्जनभन्दा बढी विषयमा सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच फरक मत रहँदै आएको छ। केही विषयमा गुटभित्रै पनि फरक मत सदस्यले बैठकमा पेस गरेका छन्।

सभापति देउवा निटक नेताहरू पदाधिकारी बढाउन नहुने पक्षमा उभिएका छन्। संख्या बढाउँदा पनि समावेशीताको आधारमा सहमहामन्त्री मात्र बढाउनुपर्ने अडानमा भिएका छन्। तर, नेता रामचन्द्र पौडेलसहित पार्टीभित्रका असन्तुष्ट पक्ष पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउनुपर्ने पक्षमा देखिएका छन्।

त्यस्तै, असन्तुष्ट पक्ष अधिकांश पदाधिकारी निर्वाचति गर्नुपर्ने पक्षमा देखिए पनि सभापति निकट नेताहरू त्यसको विपक्षमा छन्। बरु संगठनलाई बलियो बनाउन सभापतिको हात कस्न नहुने पक्षमा छन्। देउवा पक्षीय नेताहरूले उपसभापति, महामन्त्री, सहमहामन्त्री केन्द्रीय समितिबाट अनुमोदन गर्ने विधानको वर्तमान व्यवस्था पनि हटाएर सभापतिलाई मनोनित गर्ने अधिकार दिनुपर्ने अडान राखेका छन्।

त्यस्तै, असन्तुष्ट पक्ष संसदीय र अनुशासन समिति महाधिवेशनबाटै निर्वाचित हुने व्यवस्था विधानमा गर्नुपर्ने पक्षमा छन्। असन्तुष्ट पक्ष त्यसको विपक्षमा छ। बैठकमा सभापति देउवाले लोकप्रियताका लागि मात्र पार्टी विधानमा नयाँ व्यवस्था राख्ने कुरा नगर्न सदस्यहरुलाई आगैह गरे। केही विषयमा अनौपचारीक सछलफल गरेर टुंगोमा पुग्नुपर्ने बताउँदै सभापति देउवाले केन्द्रीय समिति बैठकमा भने, ‘पार्टी संगठनलाई सञ्चालन गर्ने कुरा लोकप्रियता हासिल गर्ने जस्तो होइन।’

पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको धारणा राख्दै भने, ‘पार्टीमा अनुशासन स्थापीत गरौं।’

बैठकमा नेता पौडेलले पार्टीमा पदाधिकारी थप गर्नुपर्नेमा जोड दिएका छन्। केन्द्रीय समिति र पदाधिकारीके संख्यालाई फराकिलो बनाउनुपर्ने तर्क गर्दै भने, ‘पार्टीको सिद्धान्त र आदर्शलाई स्वीकार गर्ने सबैलाई पार्टीको सदस्यता दिनुपर्छ। तर क्रियाशील सदस्यता वडाबाटै माग भएअनुसार दिनुपर्छ।’ पार्टीको निर्वाचन र अनुशासन समिति सबैलाई न्याय दिने साझा प्रक्रियतिको हुनुपर्ने तर्क गर्दै पौडेलले भने, ‘यो न्यायालय जस्तै हो। त्यसको भाव झल्किने हुनुपर्छ।’

उपसभापति विमलेन्द्र निधिले पार्टी पदाधिकारी केन्द्रीय समितिको आकार धेरै बढाउन नहुने धारणा राखे। महामन्त्री शशांक कोइरालाले संघीयता र समावेशीताको आधारमा केही महामन्त्री र सहमहामन्त्री थप गर्नुपर्ने धारणा राखेका छन्।

बैठकमा सहमहामन्त्री महतले पदाधिकारीको संख्या थप गर्न नहुने धारणा राखे। उनले व्यक्तिको व्यवस्थापनभन्दा पार्टीलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका छन्। उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनित गर्ने अधिकार सभापतिलाई नै दिनुपर्ने तर्क गर्दै महतले भने, ‘सभापतिको हात बाँधेर संगठन बलियो हुन सक्दैन।’

यसैबीच,कांग्रेस उपसभापति विमलेन्द्र निधि जनकपुरमा हुने विवाह पञ्चमीलाई भव्य र सभ्य बनाउन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। जनकपुर स्थायी घर भएका निधिले शनिबार पार्टीका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव र जिल्ला सभापति महेश शंकर गिरीलाई अयोध्याबाट आउने साधुसन्तसहितको जयन्तीलाई जटही नाकामा स्वागत गर्न निर्देशन दिएको स्वीकय सचिव विश्वास विक्रमले जानकारी दिए। जनकपुरमा पनि सबै अतिथिलाई स्वागत गर्न निर्देशन आग्रह गरेको उनले जानकारी दिए।

प्रकाशित: २३ मंसिर २०७५ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App