२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

खशोग्जीको हत्या सुनियोजित, हामीसँग बलियो प्रमाण छ : टर्की

अङ्कारा- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गगरेका छन्। 

उनले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दावी गरे। 

उनले खशोग्जीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने संभावनालाई खण्डन गर्दै उक्त घटनाका सँदिग्धहरू विरुद्ध इस्तानबुलमा मुद्दा चलाउन पनि माग गरे। 

खशोग्जीको शव कहाँ छ र उनको ज्यानलिने गरी भएको कार्वाहीको आदेश कसले दिएको थियो भन्ने प्रश्नहरूको जवाफ साउदी अरबबाट आउनुपर्ने जिकिर गरे। 

यद्यपि साउदी अरबले पत्रकारको मृत्यु वाणिज्यदूतावासभित्र भएको पिटापिटका क्रममा भएको बताएकोे छ। उसले युवराज मोहम्मद बिन सलमानको निर्देशन विना सक्रिय एजेन्टहरूलाई त्यसका लागि दोष दिएको छ। 

वाशिंगटन पोस्ट पत्रिकाका स्तम्भकारको हत्याका निन्दा गर्दै विश्वभरीबाट घटनाका सम्बन्धमा पूर्ण अनुसन्धानको माग भइरहेको छ। 

प्रकाशित: ६ कार्तिक २०७५ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App