१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार गम्भीर बन्नुपर्छ : उपसभापति निधि

विराटनगर- नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। 

विराटनगर विमानस्थलमा साेमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए। 

उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए। उनले भने, “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन। ” 

प्रकाशित: ५ कार्तिक २०७५ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App