२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

गौतमको रहरले नेकपा शीर्ष तहमै विवाद

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिइरहेका बेला नेता वामदेव गौतमले उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ। नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं–७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसद्मा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भनै चर्काएको हो। मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलनमार्फत गौतमका लागि राजीनामा दिने घोषणा गरेका थिए।

सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमसँग छलफल गरी राजीनामा दिन लागेको जनाएपछि नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्नुपर्ने बताएका छन्। पोखरेलले भनेका छन्, ‘प्राप्त भएको उचाइसँगै चुनौती पनि प्रकट हुन सक्छन् भन्ने कुरालाई यति बेला पनि हेक्का राख्नु जरुरी छ।

त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयंले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने जÞरुरी छ। हाम्रा राम्रा कुराले, हामी स्वयंले विकास गरेका राम्रा कुराले मात्र हामीलाई बचाउन सक्नेछन्, हामी नयाँ स्तरमा उठ्न सक्नेछौं’, पोखरेलले अगाडि भनेका छन्, ‘अहिले हामी भन्दैछौं, हामी थप एकताबद्ध बनेका छौं। कता हो कता, शक्तिशाली पनि बनेका छौं। तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्न विगतमा हामी स्वयले स्थापित गरेका विचार, विधि , मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जÞरूरी छ।’

पोखरेलले आफ्नो पार्टीलाई संकेत गर्दै जनताले नरुचाएका वा जनतालाई हानि पु¥याउने कुनै ‘रुमानी संघर्ष’ मा नरमाएको र पार्टीभित्र आत्मकेन्द्रित जंगली महत्वाकांक्षा झांगिन नपाएकाले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल भएको जनाएका छन्। पोखरेलले सोमबारको सचिवालय बैठकमा निर्वाचित सांसदलाई राजीनामा गराएर गौतमलाई सांसदमा ल्याउने प्रस्तावको प्रतिवाद गरेका थिए।

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश ७ का इन्चार्ज भीम रावलले पनि गौतमको उपनिर्वाचन लड्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफलबिना निहित स्वार्थ र आवेगले निष्कर्ष ननिकाल्ने काम कतै नहोस् भन्दै चेतावनी दिएका छन्। उनले लेखेका छन्, ‘विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टी स्थायी कमिटीमा छलफल अत्यावश्यक छ।’

नेकपाका स्थायी समिति सदस्य एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सांसद रामवीर मानन्धरले राजीनामा नदिएको र राजीनामा दिन जरुरी पनि नभएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासेठले भने, ‘जबसम्म पार्टीको निर्णय हुँदैन, तबसम्म राजीनामा दिन जरुरी छैन। पार्टीले निर्णय गरेमा भने म आफैं पनि सांसद छोड्न तयार हुनुपर्छ।’

प्रकाशित: २५ आश्विन २०७५ ०२:३५ बिहीबार

नेपाल_कम्युनिस्ट_पार्टी वामदेव_गौतम