१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘ओली र लालु उस्तै हुन्’

फाइल तस्बिर

स्याङ्जा - नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली र बिहारका पूर्व मुख्य मन्त्री लालु यादव उस्तै भएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन स्याङ्जा शाखाको आठौं जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले भने, ‘बिहारमा लालु यादवको शासनकाल र ओेली सरकारको शासनकालमा केही फरक छैन।’

सरकार दुई तिहाई बहुमतले नभएर माफियाले चलाएको उनले आरोप लगाए। देशमा भ्रष्टचार अत्याधिक रुपमा बढेकाले लोकतन्त्र र राष्ट्रियता खतरामा परेको उनले दाबी गरे। उनले भने ‘बोल्ने मुखलाई थुन्न खोजिदैछ, लेख्ने हातहरुमा हतकडी लगाइदैछ।’ लोकतन्त्र गम्भीर मोडमा पुगेको उनले दाबी गरे। देश विखण्डन गर्ने सिके रावतलाई सरकार आफैले सुरक्षा र संरक्षण गरिरहेको उनले आरोप लगाए। पञ्चायत कालको नमिता–सुमिता काण्डलाई पञ्चायतले जोगाए झै निर्मला पन्तका बलात्कार र हत्यारालाई ओली सरकारले जोगाइरहेको उनले अाराेप लगाए। ‘बिडम्बना निर्मला हत्याकाण्डका आरोपितलाई सरकारले खुलेआम बचाइरहेका छन्, उनले भने, ‘प्रहरीलाई ठाडै प्रमाण लुकाउन निर्देशन दिइएकाे छ।’ पीडितप्रति जवाफदेहि हुनुपर्ने सरकार माफिया र भ्रष्टचारको दलदलमा फसेको गुरुङले बताए। 

 

प्रकाशित: २० आश्विन २०७५ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App