१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं - नेपाली कांग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। अब बैठक तीन दिन पछि मात्रै बस्ने छ। 

कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि आजका लागि बोलाएको बैठक विशेष कारणवश  असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको जनाएको छ। 

कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

कांग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितीका लागि अनुरोधसमेत गरेको छ।

प्रकाशित: १९ आश्विन २०७५ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App