२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्मला हत्या प्रकरणः छानविन समितिबाट राजीनामा गरेका वीरेन्द्र केसी किन फर्किए? (भिडियो)

काठमाडौ–  कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखीममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट २ दिन पहिले राजिनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजीनामा अाज फिर्ता लिए। 

गृहमन्त्रालयका  सहसहचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा रहेको उच्चस्तरीय छानविन समितिले १५ दिनमा अभियुक्त पहिचानमा खासै काम  गर्न नसकेको, पीडितलाई न्याय दिनसक्ने अवस्थामा आफू र समिति नरहेको भन्दै उनले सोमबार पत्रकार सम्मेलन गरेरै राजीनामा घोषणा गरेका थिए।

तर राजीनामाको २ दिन भित्रै उनले समितिमा फर्कने बताए। बुधबार गृहमन्त्री रामबहादुर थापा(बादल) र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतसँगको २ घण्टा लामो छलफलपछि उनी समितिमा फर्कने निर्णय गरेका हुन्।

प्रमुख जिल्ला अधिकारीको गाडीमा घटनास्थलमा गएका बेला एकजनाले मनोवैज्ञानिक त्रास दिएको उनको भनाइ छ। बुधबार पत्रकार समक्ष उनले भने, ‘मेरो गृहमन्त्री लगायतसँग दुई घण्टा वार्ता भयो। उहाँले तपाईको जिउज्यानलाई असुरक्षा भए काठमाडौँ बसेर काम गरे हुन्छ भन्नुभयो। सबैको धारणा निर्मलाले न्याय पाउनु पर्छ भन्ने नै हो। त्यसैले म समितिमा फर्कने निर्णय गरेको हुँ।'

दोषी पत्तालगाई कारवाही गर्ने विषयमा एकमत कायम भएकाले राजीनामा फिर्ता लिएको केसीले जनाएका छन्। उनले राष्ट्र सेवकको अनिवार्य कर्तव्य बोध गर्दै समितिमा यथावत रही छानविन कार्यमा संलग्न हुने जनाएका छन्।

केसी प्रदेश नं ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्दै समितिमा सदस्यका रुपमा चयन भएका हुन्।

प्रकाशित: २७ भाद्र २०७५ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App