२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक’ : गृहमन्त्री थापा

फाइल तस्विर

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन्। गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषदका प्रतिनिधिमण्डलसँग बुधवार भएको भेटवार्तामा गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको बताए।

शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताउँदै गृहमन्त्री थापाले अफगानिस्तानको शान्ति प्रक्रियाको सफलताका लागि शुभकामना व्यक्त गरे। 

शान्ति प्रक्रिया सफल बनाउन युद्धका कारण पहिचान गर्नसक्नुपर्ने बताउँदै उनले भने 'हरेक युद्धका कारण हुन्छन, ति कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ। त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ।'

अफगानिस्तानका पूर्व मन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन प्रक्रिया, संविधान लेखन लगायतको प्रक्रियाबारे गृहमन्त्रीसँग चाँसो राखेको थियो। नेपालको शान्ति प्रक्रियाबारे जानकारी लिन टोली नेपाल भ्रमणमा आएको हो।

प्रकाशित: २७ भाद्र २०७५ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App