६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र म्यान्मारका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्माका राष्ट्रपति विन मिन्तबीच द्विपक्षीय भेटवार्ता भएकाे छ। 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका क्रममा उनीहरुबीच द्विपक्षीय वार्ता भएको हो।

बिम्स्टेक शिखर बैठकमा भाग लिने सिलसिलामा राष्ट्रपति विन नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबारदेखि काठमाडौँमा छ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–म्यानमा सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १३ भाद्र २०७५ १४:०२ बुधबार

केपी_अाेली म्यान्मार विन_मिन्त भेट