काठमाडौं – राष्ट्रियसभाका ४ विषयगत समितिमा सभापतिकाे चयनका लागि आज मनोनयन दर्ता हुँदैछ।
राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोक्ने जनाएको छ। सचिवालयले आजै ४ः३० बजे उम्मेदवारको सूची प्रकाशन गर्नेछ।
दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी ४ समितिकाे सभापतिका लागि मनाेनयन दर्ता हुन लागेकाे हाे।
आज उम्मेदवारको सूची प्रकाशन भएसँगै सभापति चयनका लागि बुधबार निर्वाचन हुने राष्ट्रयसभा सचिवालयले जनाएकाे छ।
प्रकाशित: १२ भाद्र २०७५ ०४:१८ मंगलबार