१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदमा देउवाको प्रश्न : राज्य नै दोषी बचाउन लागेपछि हामी कहाँ पुग्छौं ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह भन्दा माथी उठेर छोरी चेलीको सम्मान र सुरक्षाको विषयमा सचेत हुन जरुरी भएको बताएका छन्।

संसद बैठकमा बोल्दै देउवाले कञ्चनपुर घटनाको अनुसन्धानमा भएको ढिलाईले प्रश्न उठाएको बताए। राज्यले दोषीलाई बचाउन लागेको आरोप लगाउँदै उनले यस्ता विषयले कहाँ पुर्‍याउँछ भन्दै प्रश्न गरे।

नागरिक आन्दोलनमा सरकारले दमनकारी शैली अपनाएको भन्दै उनले त्यसको विरोध गरे। एक बालिकाको लागि न्याय माग्दा अर्का बालकले ज्यान गुमाउनु परेको भन्दै देउवाले दु:ख व्यक्त गरे।

उनले जथाभावि कर लगाइएको भन्दै त्यसको विरोध गरे। 'कर तिर्नु नागरिकको कर्तव्य हो', उनले भने, 'तर कर तिरे अनुसार नागरिकले सुविधा पाएका छन् कि छैनन् त्यो महत्वपूर्ण हो।' लगाइएको कर सान्दर्भिक छ कि छैन त्यो हेरिनुपर्ने उनको भनाई छ। अनावश्यक कर फिर्ता लिन उनले आग्रह गरे।

देउवाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग यथासिघ्र गठन गर्न आग्रह गरे। उनले भदौ १ गते देखि जारी भएको मुलिकी संहिताका केही कुरामा परिमार्जन आवश्यक रहेको बताए।

प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिमा दोहोरो चरित्र देखाएको देउवाले आरोप लगाए। संवैधानिक परिषदबाट नाम सिफारिस गराएर संसदीय विशेष सुनुवाई समितिबाट नाम अस्वीकृत गराएर प्रधानमन्त्रीले दोहोरो चरित्र देखाएको उनको भनाई छ। दीपकराज जोशीलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरे पनि संसदीय समितिले अस्वीकार गरेको थियो।

देउवाले उखु किशानले समयमै भुक्तानि नपाएको भन्दै यो गम्भिर भएको बताए।

प्रकाशित: १० भाद्र २०७५ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App