१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रसाईंलाई कारवाहीको माग राख्दै संसदमा सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता

काठमाडौं– बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध संघीय संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रसाईंविरुद्ध कारवाहीको माग गर्दै आइतबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावलाई लक्ष्मी परियार र प्रमिला राईले समर्थन गरेका छन्।

बंगलादेशमा अध्ययरत छात्राबारे अपमानपूर्ण अभिव्यक्ति दिएर प्रसाईंले कानुनको उल्लंघन गरेकाले उनलाई कारवाही हुनुपर्ने माग प्रस्तावमा उल्लेख गरिएको छ। प्रसाईंको नेपाली छात्रामाथि यौन शोषण हुने गरेको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामा ठेस पुगेको पनि प्रस्तावमा उल्लेख छ। 

प्रकाशित: १३ श्रावण २०७५ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App