१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

राजनीतिक विषय सकिएपछि कांग्रेसले बखेडा झिक्यो : अध्यक्ष दाहाल

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको आरोप लगाएका छन्। 

राजनीतिक कार्यसूची सकिएपछि साना, मसिना विषय समातेर प्रमुख प्रतिपक्षी दल ‘वैतरणी तर्न’ खोजेको हो भन्दै अध्यक्ष दाहालले भने, ‘नेपाली जनताले विवेकले निर्णय गर्ने गरेका छन्। गलत काम गर्ने र गलत समयमा गलत माग राखेर सरकार असफल बनाउँछु भन्ने कोही कसैले सोचेको छ भने त्यो सपना पूरा हुँदैन्।’ 

राजनीतिक विषय सकिएपछि अनावश्यक बखेडा झिकिएको र गलत संस्कारको विकास गरिएको भन्दै उनले काम शुरु नहुँदै परिणाम खोज्ने प्रवृत्तिसमेत घातक रहेको स्पष्ट पारे। निर्वाचनबाट पराजित भएपछि नेपाली काँग्रेसले कम्युनिस्टको सरकारले काम गर्न नसकुन् भनेर अनेक निर्णयहरु गरेको बताउँदै त्यसले गलत सन्देशसमेत दिएको स्पष्ट पारे। 

‘शेरबहादुरजीको नेतृत्व गरेको सरकारले गरेको निर्वाचनबाट कम्युनिष्टले बहुमत ल्याएको हो। आज उहाँहरु नै अधिनायकवाद ल्याउन लागे भनिरहनु भएको छ। कम्युनिस्टको सरकारले काम गर्न नसकोस् भनेर अनेका अनेक निर्णयहरु गरिएको र त्यसले राज्यको ठूलो धनराशी खर्च भएको छ’, अध्यक्ष दाहालले भने।

अध्यक्ष दाहालले गलत आलोचनाभन्दा पनि वैज्ञानिक र वस्तुवादी ढंगले आएका आलोचनाको स्वागत गर्ने बताए। उनले विज्ञानमा आधारित विकास र समृद्धिमा नेकपाले जोड दिने स्पष्ट पारे। 

प्रकाशित: १२ श्रावण २०७५ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App