२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश सभा बैठक स्थगित

विराटनगर - डा गोविन्द केसीको समर्थनमा नेपाली कांग्रेसले प्रदेश सभा बैठक अबरुद्ध पार्ने भएपछि प्रदेश १ को प्रदेश सभा बैठक सूचना टासेर स्थगित गरिएको छ।

प्रदेशसभा सचिवालयले बिहीबार  सूचना टास गरी विशेष कारणले प्रदेश सभा बैठक साउन १३ गते सम्मलाइ स्थगित गरेको जानकारी दिएको छ।

यस अघि गत साउन ६ गतेको प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका प्रदेश सदस्यहरूले उठेर बिरोध जनाएपछि बैठक अबरुद्ध भएको थियो। साउन ६ गतेको बैठक अबरुद्ध भएपछि साउन १० गतेलाई बैठक बोलाइएको थियो । साउन १० गतेसम्म पनि डा. केसीका माग सम्बोधन नभएको र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले बिरोधलाई निरन्तरता दिने जनाएपछि साउन १३ गते सम्मलाई सूचना टास गरी बैठक स्थगित गरिएको उपसभामुख सरस्वती पोखरेलले जानकारी दिइन्। 

 

प्रकाशित: १० श्रावण २०७५ १२:११ बिहीबार

प्रदेश सभा बैठक स्थगित