१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले संसद छल्न खोज्यो : कांगेस

काठमाडौं– नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विषयमा सरकारले संसद छल्न खोजेको आरोप लगाएको छ। जुम्लामा अनशन बसेका डा गोविन्द केसीलाई बल प्रयोग गरी काठमाडौ ल्याउनु र सोही समयमा संसद बैठक ८ दिन सार्नु सरकारको गैर जवाफदेही क्रियाकलाप भएको टिप्पणी कांग्रेसको छ। 

प्रवक्ता विश्व प्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्नेजस्ता अमानवीय कार्य गरेको भन्दै भत्सर्ना गरेको छ। अध्यादेश भन्दा विपरित विधेयक ल्याउनेतर्पm सरकार लाग्नुले स्थिति थप जटिल बन्दै गएको कांग्रेसको ठहर छ। संसद छलेर विषयलाई विषयान्तर गर्ने भ्रम सरकारले पालेको भन्दै विज्ञप्तिमा डा. केसीको जीवन रक्षा र अध्यादेशको हुबहु कार्यान्वयनका लागि सडक र सदन दुवैमा विरोध जारी राख्ने विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ३ श्रावण २०७५ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App