१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिपक्ष बिनै संसद सुरू

काठमाडाैं - प्रदेश नं ५ को आज बसेको प्रदेश सभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गर्ने प्रयास गरेतापनि सत्ता पक्षले उनीहरूको विरोधका बाबजुत  बैठक सुरू गरेका छन्।

वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउंदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिविनै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएकाे हाे ।

प्रदेश सभा बैठक शुरु भइरहँदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।बैठकको सुरुमा बोल्दै नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् ।

यसअघि मुख्यमन्त्री शंकर पाेखरेल र कांग्रेस संसदीय दलका नेता पाेखरेलबीच बजेटबारे छलफल भएपनि सहमति हुन सकेन । विनियाेजित बजेटमा भएकाे सहमति कार्यान्वयन हुनपर्ने  कांग्रेसले बताएकाे छ।

प्रकाशित: १३ असार २०७५ ०७:४६ बुधबार

प्रतिपक्ष बिनै संसद