काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरिरहेकी छिन्।
जलउत्पन्न प्रकोप तथा खोँचमा गरिने उद्धारको फेवातालमा नमूना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीले कृत्रिम नमुना अभ्यास आयोजना गरेको हो ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।