२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संघीय संसदको दोश्रो अधिवेशन आजबाट

काठमाडौँ – संघीय संसदको दाेश्रो अधिवेशन आज( आइतबार)बाट सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। 

प्रतिनिधिसमा र राष्ट्रिय सभाको संयुक्त अधिवेशन आज अपराह्न ४ बजे संसद भवन नयाँ बानेश्वरमा हुने भएको हो। 

अधिवेशनमा राष्ट्रपतिद्वारा अनुमाेदित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक,सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश पेश हुने सम्भावना रहेको संसद सचिवालय श्रोतले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७५ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App