१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

डोल्पामा कांग्रेसको 'छायाँ सरकार'

डोल्पा(त्रिपुराकोट)- डोल्पाका स्थानीय तहहरुमा निर्वाचित वाम जनप्रतिनिधीहरुले ब्यापक आर्थिक अनियमितता गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेस डोल्पाले छाँया सरकार गठन गरेको छ।

डोल्पाका स्थानीय तहहरुमा लज्जास्पद हार ब्यहोरेको नेपाली कांग्रेसले छाँया सरकार गठन गर्ने क्रममा पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिकामा नगरस्तरीय छाँया सरकार गठन गरेको हो।

नेपाली कांग्रेस डोल्पाका पूर्व सभापति तथा बरिष्ठ नेता टंकप्रसाद उपाध्यायको अध्यक्षतामा पूर्व सभापति,बर्तमान महासमिति सदस्य महाधिबेशन प्रतिनिधि भातृ संस्थाका प्रमुख महिला संघका पदाधिकारी लगायतको अगुवा कार्यकर्ताहरुको नगर स्तरीय भेलाबाट पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिकामा छाँया सरकार गठन गरिएको हो।

नगर भेलाबाट मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा १८ सदस्यीय नगर सरकार समिति गठन गरेको नेपाली कांग्रेसका दिलबहादुर बिष्टले जानकारी दिए।

छाँया सरकारले त्रिपुरासुन्दरी नगरपालिका भित्रका निर्वाचित पदाधिकारीहरुले गर्दै आएको र गर्ने अनियमितता रोक्न र सरकारको नजरबाट ओझेलमा पारिएका सर्बसाधारणलाई सहयोग गर्न गराउनुका साथै नगरका निर्वाचित जनप्रतिनिधिको नगरमा गरिने कामको गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने उदेद्दयले समानान्तर नगरसरकारको रुपमा छाँया सरकार गठन गरिएको नेपाली काँग्रेस डोल्पाले जनाएको छ।

त्रिपुरासुन्दरी नगरपालिकामा पहिलो पटक छाँया सरकार गठन गरेको नेका डोल्पाले ठूलीभेरी नगरपालिका लगायतका अन्य ६ स्थानीय तहहमा पनि अबको केही समय पछि छाँया सरकार गठन गरिने बताएको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App