पूर्वमन्त्री तथा मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले कम्युनिष्टहरूले बिचौलिया र दलालहरूलाई 'पोस्ने' गरेको भन्दै निर्मम टिप्पणी गरेका छन्।
बिहीबार (आज) परेको १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्।
'कम्युनिष्ट पार्टी भन्ने तर, बिचौलिया र दलालहरूलाई पोस्ने एवम् कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी सत्ता र पद हत्याइ मनपरी गर्ने कुकृत्यको अन्त्य होस्,' रावलले भनेका छन्।
अगाड उनी भन्छन्, 'नेपालमा शासनसत्ता हातमा हुनेहरूमा संविधानको समाजवादउन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस्।'
प्रकाशित: १८ वैशाख २०८२ १२:०९ बिहीबार





