२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कृष्ण ‘अवतार’ मा मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकाल नयाँ अवतारमा देखिएका छन्। 

सामाजिक सञ्जाल एक्समा उनले आफू भगवान श्रीकृष्णको अवतारमा सजिएका तस्बिर साझा गरेका छन्। 

तस्बिर साझा गर्दै उनले लेखेका छन्, ‘हाम्रो ढकाल परिवारको आयोजना गरिएको श्रीमद्भागवत्स प्ताहज्ञान महायज्ञमा श्रीकृष्णको चरित्र बहन गर्दै। राधे राधे।’ 

रास्वपाका संस्थापक महामन्त्री समेत रहेका ढकाल सभापति रवि लामिछानेको कडा आलोचक मानिन्छन्। सोही कारण उनलाई पार्टीले कारबाही गर्दै साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो। 

पछिल्ला दिनमा ढकाल रास्वपा जोगाउन सभापति लामिछानेलाई सबैले बिर्सनुपर्ने तर्क गर्दै आएका छन्।  

प्रकाशित: २९ चैत्र २०८१ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App