१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन्।

शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्। तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले न्यायिक छानबिन हुनु पनि सक्ने र नहुन पनि सक्ने बताए।

तीनकुने घटनाको लागि न्यायिक छानबिन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानबिन हुँदैछ। न्यायिक छानबिन नभनौँ। न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ। तर छानबिन निष्पक्ष हुन्छ। सबै कुरामा न्यायिक छानबिन नै चाहिन्छ भन्ने पनि छैन। त्यो हामी विचार गर्नेछौँ। यसै निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भनेर।’

उनले सबै कुरामा न्यायिक छानबिन जरुरी नरहेको बताए।

प्रकाशित: २३ चैत्र २०८१ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App