१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

आजै अहिल्यै गिरफ्तारी दिन्छु : रवि लामिछाने

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिल्यै गिरफ्तारी दिने बताएका छन्।

जिल्ला अदालत रुपन्देहीको फैसलाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका उनलाई शुक्रबार (आज) थुना पठाउने आदेश भएको छ।

यसपछि उनले आजै र अहिल्यै गिरफ्तारी दिने बताएका हुन्। 'सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै  गिरफ्तारी दिँदैछु,' उनले भनेका छन्।

उनले अरु न्यायालयका ढोका खुला नै रहेको पनि बताएका छन्।'न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु,' लामिछानेले भनेका छन्। ममाथि ठूलो अन्याय भएको छ।'

उनले शनिबार (भोलि) को चितवनको सभा नरोक्न निर्देशनसमेत दिएका छन्।

प्रकाशित: २२ चैत्र २०८१ २१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App