१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

तीन संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ।

बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुने छ। त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौँको तीनकुनेमा चैत १५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल हुने छ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको छ।  

प्रकाशित: २२ चैत्र २०८१ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App