१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

'देशलाई यिनीहरूको हातमा सुम्पिएर थप कङ्गाल बनाउनु छैन'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता डा. तोशिमा कार्कीले मतदाता परिचयपत्र बनाउन युवाहरूलाई आग्रह गरेकी छन्।

बिहीबार (आज) साँझ फेसबूक लाइभमा आएकी उनले यस्तो आग्रह गरेकी हुन्। चुनाव जनिकिँदै जाँदा ठूला दलहरूले मतदाता परिचय पत्रसमेत नबनाइदिने बहाना रच्नसक्ने भन्दै उनले यस्तो आग्रह गरेकी हुन्।

'इलेक्सन आइपुग्दा यहाँ जस्तो पनि बहाना बनाइन सकिन्छ। युवाले हामीलाई भोट दिँदैनन् भनेर मतदाता परिचयपत्र नबनाउन सक्छन्। यो देशको एउटा पनि युवाले आफ्नो भोटिङ राइट खेर नफाल्नुहोला,' उनले भनिन्, 'सरकार हाम्रो पुस्तामा आएपछि न काम गर्न सक्छौँ।'

उनले अब पनि पुरानै दल तथा नेताको हातमा सुम्पिएर देशलाई थप कङ्गाल नबनाउन आग्रह गरिन्। 'यो देशको नेतृत्व अब तपाईं-हामीले गर्नुपर्छ। अझै यिनीहरूको हातमा देश सुम्पिएर थप खोक्रो र कङ्गाल बनाउनु छैन,' उनले भने।

प्रकाशित: २१ चैत्र २०८१ १९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App